पुष ४, काठमाडौं ।
लामो समयदेखि बिरामी रहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई अन्तत उपचारको लागि हरिद्वारस्थित योगगुरु बाबा रामदेवको आश्रममा लगिएको छ । नेपाल, अमेरिका, दुवाई, सिंगापुर, भारत देखि अन्य विभिन्न स्थानमा समेत उपचार गर्दा नभएपछि अन्तत हरिद्धार लगिएको हो । उनी छोरी गंगासँगै नेकपाका नेता मातृका यादवले प्रचण्ड पत्नी सीतालाई लिएर हरिद्वार पुगेका हुन् । सीता लामो समयदेखी प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) समस्याबाट पीडित छिन् । यो रोगका कारण ब्रेनमा समस्या देखिनुका साथै स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गड्बडी हुने चिकित्सकहरूको भनाइ छ । धेरै स्थानमा उपचार गराउँदा समेत निको नभएपछि अन्तत रामदेशवकोमा लागिएको हो ।


