Banijya News

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

1
1.1K Shares

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गर्दे पुरानो विश्व रेकर्ड समेत बनाएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दा एक दिवसीय खेलमा रेकर्ड बनाएको हो । अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सर्वा्धिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्का विरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो ।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो ।३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए । आजको खेलसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ ।

1

Scroll to Top