Banijya News

नेपाली यात्रु बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २१ घाइते

1
1.1K Shares

०८ फागुन, काठमाण्डौ ।
नेपाली यात्रु बोककोे बस दक्षिण भारतको तमिलनाडुको सालेममा दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । मृत्यु हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन् ।
विरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, विष्णु दाहाल, फुलसरी चौधरी र बुधनी चौधरीको दुर्घटना स्थलमै मृत्यु भएको र दुर्घटनामा घाईते भएका अधिकांसको हातखुट्टा भाँचिएको र ढाडमा समेत चोट लागेको बताइएको छ ।
घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ बताइएको छ ।
उक्त बस ३४ जना नेपाली तीर्थयात्रु बोकेर कन्या कुमारीबाट कर्नाटकको बैंग्लोर तिर्थस्थल भ्रमणमा जाँदैगर्दा दुर्घटनामा परेको हो

1

Scroll to Top