१२ फागुन, काठमाण्डौ ।
हिजो अर्थात् फागुन ११ गते प्रधानमन्त्री ओलीको जन्मदिन । यहि जन्मदिनलाई विषेश बनाउने सोचमा काटीएको प्रधानमन्त्रीको केकलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । नेपालको नक्सासहितको केक काटेको फोटो सार्वजनिक भएपछि ओलीको आलोचना सुरु भएको हो।
यो विषयमा धेरैले व्यंग्य सहितको सुझाव दिएका छन् ।
राजनीतिक विश्लेषक मुमाराम खनालले देशकै नक्सालाई केक बनाएर काट्दा हात नकामेको भन्दै खेद प्रकट गरेका छन्।
अविन मेन्याङ्बोले ट्वीटरमार्फत अपिल गर्दै देशको नक्सा भएको केक काटेपनि यथार्थमा त्यस्तो नगर्न भनेका छन् ।



