Banijya News

सेनाले गर्यो पूर्व प्रधान सेनापति क्षत्रीविरुद्ध आठ अर्ब भ्रष्टाचारको दाबी

1
1.1K Shares

१३ फागुन, काठमाण्डौ ।
नेपालमा दिनहँु जस्तो भ्रष्टाचारसँग सम्बन्धित समाचार आउँदा वाक्क दिक्क बनीरहेका बखत फेरी अर्काे अनियमिता र भ्रष्टाचारको आरोप पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री विरुद्द लागेको छ । हुनत क्षत्रीले गरेको अनियमिताबारे पहिले मिडियाबाट विवरण सार्वजनिक नभएका भने हैनन् तर हाल आएर उनले भ्रष्टाचार गरेकोमा स्वयं सैनिक संगठन पनि विश्वस्त देखिन थालेको छ ।
पूर्व प्रधानसेनापति क्षत्रीले गरेको भ्रष्टाचार मुद्दालाई सैन्य अधिकारीहरूले पहिलो पटक संसदमा प्रवेश गराउँदै राज्यका निकाय भ्रष्टाचारमा चुपचाप बस्न नहुने सन्देश दिइसकेका छन्।
पूर्व सैन्य अधिकारीविरुद्ध भ्रष्टाचारको उजुरी संसदमा प्रवेश पाएको यो नै पहिलो पटक हो।
सैन्य अधिकारीहरूले नै क्षत्रीको कार्यकालमा सात र आठ अर्ब भ्रष्टाचार भएको मिडियालाई बताइरहेका छन्। राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीजस्ता उच्चपदस्थलाई रिझाएरै पुनर्निर्माण, भवन निर्माण र निर्वाचन खर्चजस्ता विषयमा अनियमितता गरेको आरोप क्षत्रीमाथि लागेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी
1

Scroll to Top