Banijya News

दिल्ली हिंसा अपडेटः मृत्यु हुनेको संख्या २० पुग्यो, १५० भन्दा बढी घाइते

1
1.1K Shares

१४ फागुन, काठमाण्डौ ।
दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ । १५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोमबारबाट सुरु भएको प्रदर्शन बुधबार बिहान पनि जारी रहेको छ। केही प्रदर्शनकारीहरूले गोकुलपुरी क्षेत्रको एक पसलमा आगो लगाइदिएका छन्।

प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् ।
विवादास्पद नागरिकता कानुनको पक्ष र विपक्षमा रहेकाहरु झडपमा उत्रिएपछि दिल्लीको उत्तरपूर्वी क्षेत्र असान्त बनेको हो ।


पछिल्लो जानकारी अनुसार जाफराबाददेखि माउजपुर र यसका वरपरका अन्य ठाउँहरूमा एकदम कडा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने कतिपय स्थानमा कर्फ्यू लगाइएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गर्न माग गरेका छन्। एजेन्सी

1

Scroll to Top