Banijya News

दुई विरालामा पनि भेटियो कोरोना संक्रमण

1
1.1K Shares

१० वैशाख , काठमाडौं ।

अमेरिका । अमेरिकाको न्युयोर्कमा दुई घरपालुवा बिरालोमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार  यी दुवै बिरालो दुई भिन्न परिवारको  हुन् । 

अधिकारीहरुका अनुसार पहिलो संक्रमित बिरालो त्यस्तो परिवारमा भेटिएको छ, जुन परिवारमा कोही पनि व्यक्ति कोरोना संक्रमित छैनन् ।  दोस्रो बिरालोका मालिकको कोरोनाभाइरस पोजेटिभ आएको छ ।

यो तथ्यसँगै सीडीसी र अमेरिकी कृषि विभागले पाल्तु जनावार घर बाहिर नछोड्न आग्रह गरेको बीबीसीले जनाएको छ । 

यसअघि अमेरिकाकै एक चिडियाघरमा पहिलो पटक बाघ र सिंहमा पनि कोभिड १९ देखिएको थियो ।

1

Scroll to Top