Banijya News

कति छ तरकारीको मूल्य ?

1
1.0K Shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज च्याउको मूल्य किलोमै ६० रुपैयाँ बढ्दा धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको १५ रुपैयाँ छ।रातो आलु लाम्चो ४७, भारतीय सुकेको प्याज ९२, लोकल गाँजर ९१, लोकल बन्दा २५, स्थानीय काउली ३५, हाइब्रिड मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ५० रुपैयाँ प्रतिकिलो छ।

तने बोडी ९५, मकै बोडी ४५, लौका ६५, लोकल परबल ७५, करेला ७५, घिरौँला ५७, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी ८५, रायोको साग ६५, पालुंगोको साग ११०, कन्य च्याउ २६०, डल्ले च्याउ ४२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

1

Scroll to Top