Banijya News

आन्तरिक हवाई उडान खुलाउने तयारी गर्दे सरकार

1
1.0K Shares

बैंशाख १३, काठमाडौं ।
सरकारले राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सङ्केत गरेसँगै आन्तरिक उडानको प्रतिबन्ध समेत खुलाउने तयारी गरेको छ । जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने गृहकार्य गरिरहेको सरकारले आन्तरिक उडान खुल्ला गर्ने तयारी गरेको हो । लकडाउन खुकुलो भएपनि अन्तराष्ट्रिय उडानको प्रतिबन्ध कायमै राख्ने भएको छ ।


यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए ।


भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्रा्ष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ ।


यस अगाडि लकडाउनको समय अन्र्तराष्ट्रिय विमानस्थलबाट ३३ अन्र्तराष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्र्तराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले चार्टर्ड र कार्गो गरी ३३ अन्र्तराष्ट्रिय उडान गरेको छ । यो अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५ सय ३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । श्रीलंका विद्यार्थी देखि युरोपका पर्यटक हुँदै कुटनीतिज्ञ समेत गरेर उक्त परिमाणमा बिदेशी नागरिक स्वदेश फर्किएका हुन् ।

1

Scroll to Top