वैशाख १४, काठमाडौं ।
गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा देखिएको कोरोना भाइरसले अहिले विश्वका २ सय १० देश तथा केही सामुद्रिक जहाजमा फैलिसकेको छ । यस्ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।
चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो ।
नेपाल
नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् । ३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो ।
अमेरिका
हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ । शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ ।
स्पेन
स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेकोमा २२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ छ । यीमध्ये २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।
जर्मनी
जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५६ हजार ४ सय १८ जना छन् भने ५ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेकाछन् । जसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।
बेलायत
बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।
टर्की
टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ । यीमध्ये २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण हालसम्म इरानमा ५ हजार ६ सय ५० जनको मृत्यु भएको छ ।
चीन
कोरोना भाइरसको उत्पाती स्थल चीनमा भने यस्को संक्रमणबाट मर्नेको संख्या ४ हजार ६ सय ३२ मात्र छ । चीनमा यस्को असर युरोप भन्दा कम देखिएको छ ।
अन्य देशमा ज्यान गुमाउनेहरुको विवरण
रुसमा ६ सय ८१ जना
ब्राजिलमा ४ हजार ४५ जना
क्यानाडामा २ हजार ४ सय ६५ जना
बेल्जियममा ६ हजार ९ सय १७ जना
नेदरल्याण्ड्समा ४ हजार ४ सय ९ जना
स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९९ जना
आयरल्याण्डामा १ हजार ६३ जना
स्वीडेनमा २ हजार १ सय ९२ जना
पोर्चुगलमा ८ सय ८० जना
भारतमा ८ सय २५ जना
पेरुमा ७ सय ३ जना
एजेन्सीमा आधारित 


