Banijya News

बेलायती प्रधानमन्त्री जोन्सन काममा फर्किँदै

1
1.0K Shares

वैशाख १५, एजेन्सीं ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम सुरु गर्ने भएका छन्। नोभेल कोरोना भाइरस संक्रमणका कारण तीन सतादेखि कामबाट टाढिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ्‌स्ट्रिटमा फर्किएर नियमित काम अघि बढाउने भएका हुन् । 

बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारदेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी दिएका हुन् । जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए । 

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै नियमित काम गर्न तयारी गरेको हुन् ।   प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात  बिताएका थिए। त्यसपछि एक हप्ता सामान्य शैय्या‍मा बसेका थिए।


1

Scroll to Top