विश्वभरको पर्यटन क्षेत्र प्रभावित भैरहेको समय नेपालमा पनि कोरोनाको प्रभाव पारेको भन्दै यसको पुनरुत्थानका लागि नेपाल चेम्बर अफ कर्मशले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो सुझाब प्रस्तुत गरेको छ ।
चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहितको टोलीले कोरोनाको प्रभाव कम भएलगत्तै आन्तरिक पर्यटन प्रर्वधनमा लाग्न सुझाव दिएका हो । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न निजामती तथा संगठित संस्थाका कर्मचारी र नागरिकलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक प्रेरित गर्नुपर्ने, होटल तथा एयलाइन्सलाई वित्तीय प्याकेज मार्फत उद्धार गर्नुका साथै ऋणको व्यवस्था गर्नुपर्ने, व्यवसायीको सुझाव छ ।
त्यस्तै, मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विद्यागत पर्यटन प्रर्वधनका लागि पनि ठोस कार्यक्रम ल्याउन चेम्बर अफ कर्मशले सरकारसँग माग गरेका छन् । कोरानाका कारण सबै भन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आगामी बजेट र नीति तथा कार्यक्रममा पर्यटन सुधारको प्याकेज घोषणा गरिनेमा आवश्वस्थ पार्नु भएको छ ।


