बैंशाख, १७ काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि सामाजिक दुरी कायम गर्नेबारे अनुगमन गर्न प्रधानमन्त्री संसद भवन पुगेका हुन् ।अनुगमनमा प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।
आज बुधबार बिहानमात्र प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि सभामुख सापकोटा प्रधानमन्त्री निबास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा संसदको बर्खे अधिवेश आव्हानगर्ने बारेमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार(आज) साँझ ५ बजे बस्ने भनिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो ।


