Banijya News

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८

1
1.0K Shares

बैंशाख, १७ काठमाण्डौ । 

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्। वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको हो।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

1

Scroll to Top