बैंशाख, १७ काठमाण्डौ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टिनको व्यवस्था गरी विकास निर्माणका कामलाई अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सञ्चालन कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काको अध्यक्षतामा बसेको बैठकले कारोना भाइरसको प्रभावकाबीच श्रमिकहरुको हितको लागि भएपनि विकासका कार्य रोक्न नहुँने भन्दै यस्तो निर्देशन दिएको हो । कोरोना भाइरसको प्रभावकाबीच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । राष्ट्रिय गौरवका आयोजना, सडक सञ्जालको विस्तार देखि सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल गरेको छ ।
छलफलमा सांसदहरुले आउँदो बजेटमा विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा बारे ध्यानकर्षण गरेको छ । बैठकले पूँजीगत खर्च कसरी बढाउँने भन्ने बारेमा समेत विशेष कार्यक्रम ल्याउन भनेको छ ।


