Banijya News

नाडाद्धारा लकडाउन खोल्न माग

1
1.1K Shares


बैशाख, १८ काठमाडौं ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडाले व्यापार व्यवसाय सञ्चालनका लागि लकडाउन खोल्नुपर्ने माग गरेको छ । ब्यापार ब्यावसाय चौपट भएको भन्दौ नाडाले लकडाउन खोल्नु पर्ने माग गरेको हो ।


नाडाका महासचिव सुनील रिजालद्वारा प्रेसित विज्ञप्तिमा भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनुपर्ने माग गरेको हो । भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका वस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने माग गरेको छ ।


व्यवसायको संरक्षणका लागि बैंकको व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप, भ्याटको रकम बुझाउने म्याद एक महिना थप गर्न, अर्थतन्त्र चलायमान बनाउन व्यापार व्यवसाय र उद्योग क्षेत्रलाई सुरक्षित बनाउनु पर्ने माग गरेको छ ।

1

Scroll to Top