बैंशाख २० ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन स्थायी कमिटी सदस्यहरु शुक्रबार दिउँसो माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगे । आफ्ना पक्षका नेताहरुसितको परामर्श पछि नेपालले अध्यक्ष पुष्पकमल दहाललाई समेत निमन्त्रण गरे, निमन्त्रण गरेको केही समय पछि नै प्रचण्ड पनि सोही भेलामा सहभागि भए ।
बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकको वास्तविकता बुझ्न भन्दै नेपाल निवासमा स्थायी कमिटी सदस्यहरु भेला भएका थिए । उनीहरुले त्यहाँ कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपालसँग करिब तीन घण्टा बिताए । सोही भेलामा पछि बामदेब गौतमलाई पनि नेपालले निमन्त्रण गरे, तर गौतम उत्त भेलामा आएनन् । फेनबाटै थाहा भयो गौतम भेलामा जानुको सट्टा आफ्नै समुहका नेतासित छलफलमा जुटेका रहेछन् ।
यस्ले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अकस्मात् ल्याएको प्रस्तावले नेकपाभित्रको शक्ति समीकरण पुनः फेरिने संकेत देखिएको छ । ओलीले प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका पार्टी उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँगको भेट छाडेर आफ्ना विश्वासपात्रसँग परामर्शमा जुटे पछि दाहाल र नेपाल सशंकित भएका छन् भने ओली समूह उत्साही भएको छ । यसले नेकपाभित्रको तनाव तत्काल निर्णायक विन्दुमा नपुग्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीबाट महामारी सकिएपछि प्रधानमन्त्री बनाउने आश्वासन पाएका उपाध्यक्ष गौतमले आफ्नो आसन्न यात्राबारे निकट नेता र कानुनविदसँग अलग्गै परामर्श थालेपछि नेकपाभित्रको शक्ति समीकरणले अर्को मोडमा पुगेको छ । स्थायी समितिमा तीन, केन्द्रीय समितिमा १८ र संसदीय दलमा करिब दर्जन सदस्य उनी निकट मानिन्छन् । पार्टीको तेस्रो अध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव बिहीबार साँझ बालुवाटार पुगेर ठाडै अस्वीकार गरेका नेपाल, गौतमप्रति थप सशंकित भएका छन् ।
यसैको वीच नेपालले शुक्रबार दाहाललाई कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएर अबको रणनीतिबारे छलफल गरेका छन् । दाहाल÷नेपाल प्रधानमन्त्री ओलीले पद त्याग गर्नुपर्ने अडानमै छन् । जसरी हुन्छ, दबाब बढाउँदै जाने यस खेमाको रणनीति छ ।
स्थायी समितिमा दाहाल नेपालको बहुमत भए पनि गौतमले साथ नदिएको खण्डमा सचिवालयमा यो खेमा कमजोर हुन सक्छ । पार्टी महासचिव विष्णु पौडेल र रामबहादुर थापाले साथ दिएमा ओली बलिया देखिनेछन् । पछिल्लो समिकरणमा थापा कुनै समुहमा नभएको सन्देश दिदै अगाडि बढेका छन् । तर ओलीले बुधबार गरेको प्रस्ताव शनिबारको बैठकले पारित गर्छ कि गर्दैन भन्नेचाहिँ एकीन छैन ।
गौतमलाई आश्वस्त पार्न सचिवालयमा लिखित प्रस्ताव नै ल्याउने ओलीको तयारी छ । त्यति मात्र होइन, गौतमलाई दाहाल÷नेपाल खेमाबाट अलग्याउन ओली समूहले दुई ठाउँबाट पराजित भएका नेपाल प्रधानमन्त्री भएको १० वर्ष पुरानो प्रसंगलाई उदाहरणका रुपमा अगाडि सारेको छ ।
गौतम प्रतिनिधिसभामा पराजित उम्मेद्वार हुन् । उनी प्रधानमन्त्री पदमा पुग्ने बाटो सहज छैन । कुनै सांसदले राजीनामा दिएर उपनिर्वाचन भइहाले पनि प्रतिनिधिसभामा उनी चुनिने कुनै ग्यारेण्टी छैन । राष्ट्रियसभा सदस्यमा मनोनित भए प्रधानमन्त्री बन्न संविधान संशोधन गर्नुपर्छ जुन नेकपाले मात्र गर्न सक्दैन । यसबीचमा मध्यमार्गी नेताहरूको सक्रिता र फेरिँदो शक्ति सन्तुलनले नेकपाभित्रको विवाद तत्काल निर्णायक विन्दुमा पुग्ने लक्षण देखिँदैन ।


