Banijya News

राहत वितरणस्थलमा गोली चल्यो, ९ राउण्ड हवाई फायर

1
1.0K Shares

बैंशाख २२, काठमाडौं ।

सिराहाको मिर्चेयामा राहत वितरणका क्रममा सोमबार प्रहरी र स्थानीयवासिन्दाबीच झड्प भएको छ । राहत वितरण स्थलमा भीड तितरवितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाएको छ ।

मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ ।  मिर्चैया नगरपालिका–७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता बताएका छन् ।

1

Scroll to Top