बैंशाख २२, काठमाडौं ।
संघीय संसदको महासचिवमा नियुक्तिका लागि डा. भरतराज गौतम सिफारिस भएका छन् । सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनको नियुक्ति हुनेछ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बैठकबाट उनलाई महासचिव पदमा नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
कास्की निवासी गौतम हाल संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत छन् ।
यसअघिका महासचिव मनोहरप्रसाद भटराई अवकाश भएपछि सचिवालयका अर्का सचिव गोपालनाथ योगीलाई कार्यबहाक महासचिवको जिम्मेवारी दिइएको थियो ।


