Banijya News

भारतमा एकैदिन कोरोना बाट १ सय ९९ जनाले ज्यान गुमाएपछि नेपालमा पनि जोखिम बढ्दै

1
1.0K Shares


बैंशाख २४, एजेन्सी ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना विस्तारै भारतमा भुसको आगो झै फैलिदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण १ सय ९९ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ८८ पुगेको छ । भारतमा एक दिनमा थप २ हजार ८ सय १ जना संक्रमित पहिचान भएको छ ।


भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ९ सय नयाँ केस थपिएको भारतिय संचार माध्यमले जनाएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या आधा लाखको नजिक पुगेको छ । अहिलेसम्म पहिचान भएका संक्रमितको संख्या ४९ हजार ३ सय ३३ पुगेको छ ।


कोरोनाको कारण मृत्यु हुनेको संख्याले यसका कारण हुने मृत्युदर पनि बढाएको छ । अप्रिल ३० सम्म संक्रमितमध्ये ३.२ प्रतिशतको मृत्यु देखिएको थियो । मंगलवार आइपुग्दा यो दर ३.४ प्रतिशतमा उक्लिएको छ ।


१ सय ९९ जनाको मृत्यु हुँदा गुजरातमा ४९ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ३४ जनाको । नेपालको नजिक रहेको बंगालमा ७९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये ७२ जनाको अरु नै रोगका कारण मृत्यु भएको हो जसमा कोरोना प्रभावले मृत्यु बढावामा मद्धत गरेको हो । वंगालमा थप ८५ संक्रमित थपिएका छन् । त्यहाँ अहिले संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको छ । यो संख्या सँगै नेपालमा पनि जोखिम थपिदै गएको छ । अझ सीमा नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम नरोकिएकाले गर्दा जोखिम झन बढेको हो ।

1

Scroll to Top