बैंशाख २४, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे मन्त्री परिषद बैंठक बस्दैछ । आजकै बैंठकले लकडाउनलाई निरन्तरता दिने की नयाँ रुप दिने भन्ने बारेमा निर्णय गर्ने छ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय बिहीवार राति १२ बजेबाट सकिँदैछ ।
बैठकमा उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउन थप गर्ने विषयमा प्रस्ताव राख्नेछन् । मंगलवार बसेको समितिको बैठकले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको थियो । सुक्षाब अनुसार एक साता लकडाउन थप्ने बिषय प्रमुख रहेको छ । समितिले लकडाउनको अवधि र मोडालिटी मन्त्रिपरिषदबाट पारित हुने गरी राय दिएको छ ।
लकडाउन जारी राखे पनि कोरोना परिक्षणको दायरा कम हुदै गएको छ । बाहिरी जिल्लामा कोरोना परीक्षण गर्ने किट सकिदा थर्मल गनले ज्वरो नाप्दै घर पठाउँनु पर्ने अवस्था छ । त्यसैले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने समेत सम्भावना छ । विज्ञहरुले प्रभावित क्षेत्रलाई ध्यानमा राखेर लकडाउन खुलाउँदै जानुपर्ने राय दिएको समय सरकारले लिने निर्णयमा सबैको चासो छ ।


