Banijya News

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए, दुई महिने शिशु पनि संक्रमित

1
1.0K Shares

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पाेजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको बताए। योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ।

बुधबार थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेका खुलेको छ । आइतबार वीरगञ्ज महानगरपालिकाको छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट टेसिंगको क्रममा उनका सबै परिवार र उनीसँग सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएको थियो । संक्रमित हुनेमा एउटै परिवारका २ महिने शिशुदेखि ८६ वर्षका वृद्ध समेत छन् । उनीहरु सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । 

1

Scroll to Top