Banijya News

कोरोना संक्रमित १३ लाख व्याक्ति निको भएर घर फर्किए, ३८ लाख संक्रमित

1
1.0K Shares


बैंशाख २५, एजेन्सी –
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट १३ लाख बढी व्यक्ति निको भएका छन् । अहिले पनि तीव्र गतिमा फैलिएको कोरोनाबाट बिहीबार बिहानसम्म १३ लाख २ हजार व्यक्ति निको भएका हुन् । दुई सय १२ वटा देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको छ । सङ्क्रमणको कारण अहिलेसम्म दुई लाख ६४ हजार आठ सय जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी छ । कोरोनाले सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा २ लाख १३ व्यक्ति कोरोना उपचारपछि घर फर्किएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १२ लाख ६३ हजार नाघेको छ । जसमध्ये ७४ हजार ७ सयको मृत्यु हुँदा १५ हजार ८ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

जर्मनीमा एक लाख ६८ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा सात हजार दुई सय ७५ जनाको ज्यान गएको छ । एक लाख ३७ हजार ६ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । एक लाख ५९ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

इटलीमा दुई लाख १४ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ९३ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा दुई लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३० हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै फ्रान्समा एक लाख ७४ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ५३ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । रुसमा एक लाख ६५ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । २१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

टर्कीमा एक लाख ३१ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण भएका छन् । यहाँ तीन हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ७८ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् । अर्को मुस्लिम देश इरानमा एक लाख एक हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ६ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । ८१ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।


ब्राजिलमा पनि सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा धेरै छ, अहिलेसम्म एक लाख २६ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा आठ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ५१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

1

Scroll to Top