थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरेको नियमित पत्रकार सम्मेलनमा उत्त परिमाण थपिएको जनकारी गराईएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना छन । उनीहरु संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसमा थिए । उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विजधिबाट परीक्षण गर्दा पनि पोजेटिभ नै आएको हो ।
संक्रमित २० वर्षीय २ जना २२ वर्षीय १ र २७ वर्षीय १ गरी चार पुरुष छन् । त्यस्तै कोशी अञ्चलको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकाका डिल्लीराज मावि क्वारेन्टिमा रहेका एक ३३ वर्षीय पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।


