Banijya News

अस्पतालको आइसोलेसनमा राखिएका एकको मृत्यु

1
1.0K Shares

डडेल्धुरा –
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
भारतबाट हालै नेपाल आएका उनमा कोरोना आशंंका भएपछि मंगलबार अस्प्ताल भर्ना गरिएको थियो । अन्य दीर्धकालिन रोग भएको उनमा करोनो संक्रमणको समेत आशंका गरिएको थियो । तर उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । बुधवार विहान ६ बजे मृत्यु भएका ती ब्याक्तीको थप परीक्षण गरिने श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘उहाँमा अन्य समस्या पनि थियो ।’ हिजो अस्पताल ल्याएपछि मुखबाट फिँज फाल्दै हुनुहुन्थ्यो पछि ठीक भएको थियो ।’
हाल ६ जना कोरोना संक्रमितसहित ८ जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

1

Scroll to Top