कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दैे सनराइज बैंकले सम्पूर्ण कर्मचारीको कोरोना वीमा गराएको छ । बैंकले सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्डहरुको कोभिड–१९ बीमा गराएको हो ।
प्रति कर्मचारी रु. १ लाख रुपैयाँबराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्पmत कोरोना वीमा गराइएको हो । बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ ।
बैंकले कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जा, सेनिटाइजरजस्ता अतिआवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकले विश्वास लिएको बैंकद्धारा प्रेसित विज्ञप्तिमा भनिएको छ ।


