कोरोना भाइरस नियन्त्रणका लागि एसियाली विकास बैंक एडीबीले नेपाललाई २ सय ५० मिलियन अमेरकी डलर अर्थात करीब ३० अर्ब रुपैयाँ सहिलयतपूर्ण ऋण दिने भएको छ ।
एडीबीले कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा सहयोग गर्न नेपाल सरकारलाई सो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबीका तर्फबाट देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले सो ऋण सम्झौता गरेका छन् ।
एडीबीले उपलब्ध गराउने ऋणबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणका साथै जनस्वास्थ्यको क्षेत्रमा काम गरिने छ । साथै सरकारले उक्त रकमलाई सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका लागि पनि खर्च गर्ने छ ।


