२१ जेठ, काठमाडौं ।
विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ । मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दिप प्रज्वलन गरिएको हो ।
न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो ।
समितिका अध्यक्ष आशारत्न शाक्यले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्राथना गरिएको बताए ।


