Banijya News

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

1
1.1K Shares

सरकारको संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो ।


प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गर्नु भएको थियो । विधयेकमा नेकपाका सांसदहरूले पक्षमा र प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मतदान गरेका थिए ।


अर्थ मन्त्री खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गर्नु भएको थियो । कानूनी ब्यावस्था आनसार अव बजेटको अव राष्ट्रिय सभामा छलफल हुनेछ ।

1

Scroll to Top