असार १८, काठमाडौं ।
फ्रन्टलाइनमा खटिएका सेना, प्रहरी र सशस्त्रले आफैं पीसीआर परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसंगै सुरक्षा फौजमा संक्रमितको संख्या बढ्दै जाँदा सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी गरेका छन ।
सेना र सशस्त्र प्रहरीले पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सेनाले पीसीआर मेसिन सैनिक अस्पताल छाउनीमा राख्ने भएको छ । त्यस्तै नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिनको जडान गरेको छ ।


