Banijya News

इनड्राइभद्वारा नेपालमा ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक

1
1.0K Shares

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ। मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार पारिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा प्रत्येक यात्रा सुरक्षित रूपमा तय गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ। हाल सञ्चालनमा आइसकेको र धेरै चालकहरूले पूरा गरिसकेको यो कोर्सलाई अब नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। चालकहरूको व्यस्तता र निरन्तर यात्रामा रहने यथार्थलाई ध्यानमा राख्दै इनड्राइभ नेपालले यसलाई छोटो, व्यावहारिक र सजिलै पहुँचयोग्य बनाएको छ, जसलाई करिब २० मिनेटमै पूरा गर्न सकिन्छ।

सिकाइलाई सरल र प्रभावकारी बनाउन यो कोर्सलाई तीनवटा मुख्य मोड्युलमा विभाजन गरिएको छ, जसमा अन–प्ल्याटफर्म सुरक्षा, राइड–हेलिङका लागि सडक सुरक्षा सम्बन्धी आधारभूत ज्ञान, र आपत्कालीन अवस्थामा SOS को प्रयोग एवं सही रिपोर्टिङ प्रणाली समावेश छन्। प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा बुझाइसम्बन्धी प्रश्नहरू राखिएका छन्। यो कोर्स पूरा भएको प्रमाणपत्र प्राप्त गर्न चालकहरूले क्विजमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्नेछ, र असफल भएमा विनाकुनै सीमा पुनः प्रयास गर्न सक्ने सुविधा पनि दिइएको छ।

इनड्राइभका लागि चालक र यात्रुको सुरक्षा केवल अतिरिक्त विषय नभई प्लेटफर्मको मुख्य आधार हो, जसलाई स्पष्ट पार्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले यो कोर्स चालकहरूलाई सडकमा आइपर्न सक्ने हरेक परिस्थितिमा आत्मविश्वासी बनाउने र वास्तविक रूपमा प्रयोग गर्न सकिने उपकरण भएको बताउनुभएको छ। निष्पक्ष र ‘पीपल–फर्स्ट’ मोबिलिटीमा केन्द्रित इनड्राइभको यो पहलले चालकहरूको जोखिम व्यवस्थापन सीप र आत्मविश्वास बढाउँदै अन्ततः यात्रु, चालक र समग्र समुदायलाई नै ठूलो लाभ पुर्‍याउने विश्वास गरिएको छ।

1

Scroll to Top