Banijya News

आफ्नै रोजाइको भाडासहित इनड्राइभको नयाँ अभियान सुरु

1
1.0K Shares

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने नारासहित नयाँ प्यासेन्जर ३६०ड्ढ क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको अभियान सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यसले यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र पारदर्शी मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

भ्mदबचप अयििभनभ
इनड्राइभले नेपालमा सेवा सुरु गरेदेखि यात्रुलाई आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकका विकल्प हेर्ने र आवश्यकताअनुसार चालक छनोट गर्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। चालकले यात्रुको प्रस्ताव स्वीकार, अस्वीकार वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ। दुवै पक्षको सहमतिपछि मात्रै यात्रा सुरु हुने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउटडोर विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप गतिविधि तथा काठमाडौंका विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछन्। अभियानमा विद्यार्थी, युवा, पेसाकर्मी, महिला तथा दैनिक आवागमन गर्ने यात्रुहरूको अनुभवलाई समेटिने कम्पनीले जनाएको छ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंका यात्रुले सहज यात्रासँगै पारदर्शी भाडादर, थप छनोटको अवसर र आफ्नो यात्रामाथि नियन्त्रण चाहने भएकाले सोही आवश्यकतालाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिएको बताइन्।

कम्पनीले यस अभियानमार्फत अनुमानयोग्य भाडादर, यात्रुको छनोटको अधिकार र सहज दैनिक आवागमन सुनिश्चित गर्ने प्लेटफर्मका रूपमा आफ्नो पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

1

Scroll to Top