Banijya News

विद्यालयबाट क्वारेन्टाइन हटाउन स्थानीय तहलाई दवाब

1
1.2K Shares

असार १९, काठमडौं ।
अभिभावकको दबाब पछि पाल्पामा विद्यालयबाट क्वारेन्टाइन हटाउन शिक्षकले स्थानीय तहको ध्यानाकर्षण गराएका छन् । चार महिना सम्म विद्यालय बन्द हुदा घरमै बसिरहेका बालबालिकामा आलस्यता र जिद्धिपन बढ्न थालेपछि अभिभावकले विद्यालय सञ्चालन गर्न शिक्षकलाई दवाव दिएका हुन् ।


कोरोना महामारीको प्रभाव तत्काल हट्ने संकेत नदेखिएपछि विद्यालयमा सुरक्षा अपनाएर शैक्षिक गतिविधि चलाउन पर्ने उनिहरुको भनाई रहेको छ । क्वारेन्टाइनमा रहेका अधिकाशं व्यक्ति घर फर्किसकेकाले खाली गरि सामाजिक दुरी कायम गरेर विद्यालयमा पठनपाठन सुरु गर्न सकिने शिक्षक अभिभावकको तर्क छ ।


विद्यालय बन्द पछि अधिकाम्स बालबालिकाहरु मोवाइल टिभीमा बढी समय बिताउने गरेका छन् । यसले गर्दा बालबालिकाको आँखा सुख्खा हुने, आँखाको पावर घटबड हुने, टाउको दुख्ने जस्ता समस्या बढ्ने गरेका छन् । वालवालिकाको भविष्य जोगाउनका लागि विद्यालय सञ्चालनको विकल्प नभएको सरोकारवालाको भनाइ छ । पाल्पामा ती सय ९४ वटा सामुदायिक विद्यालय रहेकोमा दुई सयभन्दा बढी क्वारेन्टाइनको रुपमा प्रयोगमा छन् ।

सरकारले असार १ गतेदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेको छ । तर, यो प्रयास बालबालिकाका लागि प्रभावकारी नदेखिएको अभिभावकको गुनासो छ । अभिभावकको गुुनासो पछि विद्यालय व्यवस्थापन समिति, प्राधानाध्यापक तथा शिक्षकले क्वारेन्टाइन खाली गरेर शैक्षिक गतिविधि बढाउन स्थानीय तहलाई दवाव दिइरहेका छन् ।

1

Scroll to Top