धनगढीको जंगलमा दुई युवती मृत अवस्थामा भोटिएका छन् । धनगढी उपमहानगरपालिका–७ स्थित बेली जंगलमा शनिबार दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढी–७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव जंगलमा भेटिएको बताए ।
सँगै बस्दै आएका दुबै युवती मृत भेटिएको स्थानको अबलोकन गर्दा आफैले विष सेवन गरेर आत्माहत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेलापरेकाले प्रहरीले उक्त आशंका गरेको हो । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


