असार २१, काठमाडौं ।
मोरङको विराटनगरमा एक निजी अस्पताले अनुमति नलिई आरडीटी परीक्षण गरेको छ । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गरेको हो ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले प्रदेशमा निजी स्तरका कुनै पनि ल्याबलाई कोरोना परीक्षणको अनुमति नदिएको बताए । तर अस्पताले आकस्मिक कक्षको लेटरप्याड प्रयोग गरी दिँदै आएको रिपोर्ट जाँचका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेको छ ।
म्याक्स इन्टरनेशनल अस्पताले कोरोना जाँच गरी कर्मचारीले गल्ती गरेको स्विकार गरेको छ । अस्पतालले आरडीटी परीक्षणका लागि सरकारसँग अनुमति माग गरेको जनाएको छ ।
अहिले प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच हुँदै आएको छ ।


