Banijya News

ओखलढुंगा कोरोना मुक्त जिल्ला

1
1.1K Shares

असार २२, काठमाडौं ।
ओखलढुंगा कोरोना मुक्त जिल्ला भएको छ । जिल्लामा रहेका संक्रमित व्याक्ति डिस्चार्ज भएसँगै ओखलढुंगा कोरोनामुक्त भएको हो ।
भारतबाट घर आएका लिखु गाउँपालिकास्थितका २८ बर्षीय युवामा असार ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी सामेबार डिस्चार्ज भएका छन् । ती युवा बाहेक अरुलाई जिल्लामा कोरोना संक्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।

1

Scroll to Top