प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल विचको निर्णयक भनिएको वर्ता सकिएको छ । पटक–पटक स्थगित गरिँदै आएको नेकपाको स्थायी समितिको बैठक भोलि बस्ने गरी वर्ता सकिएको हो । दुबै अध्यक्षले स्थायी समितिको बैठक राखेर छलफल गर्ने समझदारी बनेपछि वर्ता सकिएको स्रोतले बताएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको पौने तीन घण्टा लामो छलफलमा सो समझदारी बनेको हो ।
यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओली असार १८ गतेको बैठकमा उपस्थित भएका थिएनन् ।
असार १० गतेदेखि बस्दै रोकिँदै आएको स्थायी समिति बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि पार्टी नै विभाजनको संघारमा पुगेको थियो । त्यसपछि असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै २४ गतेका लागि स्थगित गरिएको थियो ।


