असार २५, काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको संख्या बृद्धि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाले तीन वटा वडामा वडा शिल गरिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ क्षेत्रभित्र औषधी र खाद्यान्न पसल बाहेक सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले मास्क लगाउन र दुई मिटरको भौतिक दुरी अनिवार्य पालनाका लागि समेत सूचित गरेको छ । त्यस्तै खाद्यान्न पसल पनि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।
नगरपालिकाले स्वास्थ्य संस्था बाहेकका सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवाबाहेक सबै सेवाहरु बन्द गन निर्णय गरेको हो । नगरपालिकाको निर्देशनको पालना नगर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने समेत नगरपालिकाले जनाएको छ ।


