Banijya News

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ४९ पुग्यो

1
1.1K Shares

असार २५,काठमाडौं ।
गण्डकी प्रदेशमा ७ जिल्लाका थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जना संक्रमित भएका हुन् ।
संक्रमित हुनेमा तनहुँका १, म्याग्दीका २, बागलुङका २, नवलपरासी पूर्वका ४, लमजुङका ५, गोरखाका २ र कास्कीका ४ जना छन् । संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सँय ४९ पुगेको छ । हालसम्म यस प्रदेशमा ३ सय ८६ संक्रमित संक्रमणमुक्त भएका छन् ।

1

Scroll to Top