Banijya News

एभरेष्ट कलरद्वारा वार्षिक साधारण सभा आह्‌वान, बुक क्लोज कहिले ?

1
1.0K Shares

एभरेष्ट कलरले पुस १३ गतेका लागि वार्षिक साधारण सभा आह्‌वान गरेको छ । कम्पनीले भक्तपुरको मध्यपुर थिमी–३ स्थित वाइट प्यालेस ब्याङ्क्वेटमा तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभामा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ । साथै सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गरिनेछ । सञ्चालकको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र कम्पनीले गरेका कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

1

Scroll to Top