असार २६, काठमाडौं ।
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले नगरको प्रकोप व्यवस्थापन कोषमा १५ लाख २० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन् ।
नगर कार्यपालिकाको ८६ औँ बैठकले नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले एक महिनाको सेवा सुविधा बापतको उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले पारित गरेको स्थानिय तहका पदाधिकारी र सदस्यहरुले सुविधाको एक महिनाको रकम १५ लाख २० हजार जम्मा गर्ने निर्णय भएको हो ।


