कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगमका सम्पूर्ण कर्मचारी कोरोनाबाट मुक्त भएर घर फिर्किएका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने क्रमिमा संक्रमिण भएका १४ उडान कर्मचारी सक्रमणमुक्त भएर घर फर्किएका हुनु ।
कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन मेम्बर उपचारपछि घर फर्किएका हुन् । कोरोना सङक्रमण देखिएपछि निगमका ती उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो ।
उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किइएको हो ।


