Banijya News

बाढीले १६ मिटर लामो पक्की पुल बगाउदा आवतजावत बन्द

1
1.1K Shares

श्रावण ५, काठमाडौं ।
अविरल वर्षाका कारण आएको बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको छ । बाजुरामा रहेको साँफे मार्तडी जोड्ने १६ मिटर लामो पक्की पुल नदीले बगाएपछि आवतजावत बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए ।

पुल मुख्य राजमार्गमै पर्ने भएकाले यातायत प्रभावित भएको हो । गएरातिको भारी वर्षाले बाजुरा जोड्ने एकमात्र राजमार्गमा दुई दर्जन बढी स्थान क्षति पुर्याएको छ । त्यस्तै बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ, भने ब्रहमतोलामा करिब एक सय रोपनी खेतीयोग्य जमिन कटान गरेको छ ।

1

Scroll to Top