Banijya News

समालिन नसक्दा सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने साढे २ अर्ब माथि

1
1.1K Shares


नेप्से परिसूचकमा भने आज सोमबार दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेको शुरुमा नेप्से परिसूचक ४ प्रतिशत र ५ प्रतिशत गरी दुईपल्ट सर्किट ब्रेक लागेको बजार अन्तत समालिन नसक्दा ओरालो लागेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाले लगानीकर्तामा मनोबल बढेको भएपनि कारोवार अन्य क्षेत्रमा संकुचन आउँदा बजार घटेको अनुमान गरिएको छ ।


नेप्से परिसूचकमा १४.०९ अंकको गिरावटसँगै १४६४.९४ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकको गिरवाटसँगै ३०९.६० को विन्दुमा सीमित बनेको छ ।


आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ बटा समुहको अवस्था नकारात्मक रहयो । त्यस्तै अन्त ४ बटा क्षेत्रमा भने हरियाली देखिएको थियो ।


यो दिन विकास बैंकमा सबैभन्दा धेरै १६.९३ अंकको बढोत्तरी देखियो । यस्तै बैंकिङ समूहमा ३.१४ अंक, वित्त समूहमा १.१५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको वृद्धि भयो ।

सोमबार कूल १८१ कम्पनीको २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन लकडाउन पछिकै उच्च कारोबार हो । दिनभरमा ७० लाख एक हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

1

Scroll to Top