प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका छन् ।
भेटमा सभापति देउवाले बन्दाबन्दी खुलेपछि आवश्य तयारी साथ अगाडि बढ्न ओलीलाई भनेको देउवालाई उद्धत गर्दे स्रोतले भन्यो । भेटमा ओलीले बाढी–पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् । देउवाले बन्दाबन्दीका बावजुद संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४२ जनाको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछि थप चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि आग्रह गरे ।
उनले परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरू अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोबारे पनि ध्यानकर्षण गराएका छन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका थिए ।


