श्रावण ९, काठमाडौं ।
स्याङ्जामा ट्याक्टरले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । ट्याक्टरको ठक्करले जिल्लाको कालीगण्डकी गाउँपालिकाकी स्थानीय ७३ बर्षीय कृष्ण रेश्मीको मृत्यु भएको हो ।
बिहिबार राति ३ त ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिदा टाउकामा गम्भीर चोट लागेकी उनलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर सहित चालक २७ वर्षीय रिकबहादुर गाहालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


