Banijya News

सुन प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड

1
1.0K Shares

शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका  अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

सुन अस्ति तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ । 

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

1

Scroll to Top