Banijya News

पुनर्बीमाले मुनाफाबाट लाभांश वितरण नगर्ने

1
1.1K Shares

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुनर्बीमकले आफ्नो व्यवसाय गर्दाबचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोष राख्नुपर्ने भएकाले गर्दा यो कम्पनीले मुनाफाबाट लाभांस नदिने भएको हो ।

पुनर्बीमा व्यवसाय सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दाबचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोष राख्नुपर्ने भएकाले यो कम्पनीले लाभांस वितरण नगर्ने भएको हो ।


यो कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म १ अर्ब ६० करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो । कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो ।

1

Scroll to Top