श्रावण ९, काठमाडौं ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभासाउन १० गते हुने भएको छ । साधारण सभा सिडब्लू रेष्टो एण्ड क्याफे कमलादी, काठमाडौंमा बिहान ११ बज हुने भएको हो ।
सभामा उक्त कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्तावलाई पारीत गर्नेछ । दुवै कम्पनी एक भएपछि जनकपुरका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर स्वरोजगारको ७० कित्ता सेयर पाउनेछन् ।
दुवै कम्पनील गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । अब दुवैले आ—आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै संस्था एक भएपछि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने एजेन्डा पनि रहेको छ ।


