श्रावण ९, काठमाडौं ।
वीरगन्जमा कोरोना संक्रमण बाट शुक्रबार एक जनाको मृत्यु भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमित एक ८५ वर्षीय दीर्घरोगी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।
मृतक वृद्धालाई बिहिबार राति संक्रमण पुष्टि भई वीरगन्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल भर्ना गरिएकै समयमा स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा मृत्यु हुनु पूर्व नै संक्रमण पुष्टि भएको थियो ।
उनलाई पहिले मुटुको रोग रहेको र पछिल्लो समयमा निमोनिया भएर अस्पतालमा भर्ना गरिएको थियो । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।


